IME Life

दिपशिखा धितोपत्रको दोस्रो शाखा महेन्द्रनगरमा

SPIL
NIC ASIA

दिपशिखा धितोपत्र कारोवार कम्पनीले आफ्नो दोस्रो शाखा प्रदेश नं ७ को कञ्चनपुर जिल्लाको महेन्ıनगरमा स्थापना गरेको छ । हाल मुख्य कार्यलय र शाखा कार्यलय धनगढीबाट सेवा दिँदै आएको ब्रोक्रर नं ३८ ले अब कञ्चनपुरको महेन्द्रनगरबाट पनि आफ्नो सेवा शुरु गरेको हो ।

महेन्द्रनगरबाट सेवा सुरु भएसँगै अब यस क्षेत्रका लगानिकर्ताले शेयर खरिदबिक्री गर्नको लागि राजधानी वा धनगढी जानु पर्ने समस्याको अन्त्य भएको छ । सो शाखाबाट अनलाइन कारोबार, डिम्याट खाता खोल्न र बन्द गर्न शेयर अभौतिकरण गर्न,मेरो शेयर जस्ता सेवा उपलब्ध हुने छन् ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै लगानीकर्ता देब सिंह कार्कीले यस क्षेत्रमा ब्रोक्ररको आगमनसँगै नेपाली पूँजी बजारमा कञ्चनपुर बासीको रामो्र उपस्थिती हुने जानकारी दिए । अर्का लगानीकर्ता शुशिल चन्द्रजोशीका अनुसार प्राथमिक बजारका बिषयमा पनि न्युन जानकारी भएका यस क्षेत्रका लगानीकर्तालाई ब्रोक्ररको शाखा आगमनले दोस्रो बजारका बिषयमा पनि धेरै जानकारी प्राप्त गर्न मद्दत हुने बताए ।

यस शाखाबाट यस क्षेत्रका लगानीकर्ता लाई उत्कृृष्ट सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने कुरा कम्पनीका संचालक बिष्णु राज ओझाले जानकारी दिए, साथै निकट भबिष्यमा प्रदेश नं ७ तथा देशका अन्य शहरहरुमा पनि शाखा बिस्तारको योजना रहेको समेत जानकारी गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS