Prabhu Life Ad Final

पाँच बर्षमा बीमा कम्पनीहरुको लगानी साढे २ गुणाले बढ्यो

IME PAY

विगत पाँच बर्षको अवधिमा नेपालको बीमा कम्पनीहरुको लगानी करिब साढे २ गुणाले बढेको छ । अर्थमन्त्रालयले संघिय संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार पाँच बर्षको अवधिमा बीमा कम्पनीहरुको लगानी १ अर्ब ४७ करोड रुपैयाँले बढेको छ ।

तथ्यांक अनुसार आर्थिक बर्ष २०७५/७६ को फाल्गुण महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २ खर्ब ५८ अर्ब रुपैयाँ लगानी गरेका छन् । आ.व २०७१/७२ मा भने कम्पनीहरुले १ खर्ब १० करोड रुपैयाँ मात्रै लगानी गरेका थिए । आ.व २०७२/७३ भने १ खर्ब ३९ अर्ब लगानी गरेको तथ्यांकले देखाएको छ । आव २०७३/७४ मा १ खर्ब ७१ अर्ब र आ.व २०७४/७५ मा २ खर्ब २९ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

NCHL

त्यस्तै पाँच बर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको लगानी साढे दुई गुणाले बढेको छ । आव २०७५/७६ को फाल्गुण महिनासम्ममा कम्पनीहरुले २ खर्ब २३ अर्ब रुपैयाँ लगानी गरेका थिए । आ.व २०७१/७२ भने कम्पनीहरुले जम्मा ९४ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका थिए ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुको लगानी भने सवा २ गुणाले बढेको छ । चालु आवको फाल्गुण महिनासम्ममा कम्पनीहरुले ३५ अर्ब रुपैयाँ लगानी गरेका छन् । आव २०७१/७२ मा भने कम्पनीहरुले १६ अर्ब ७९करोड रुपैयाँ लगानी गरेका थिए ।

कम्पनीहरुको लगानी रकम

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x