Prabhu Life Ad Final

पूँजी बजारको कारोबार रकममा ह्रास

IME PAY

चालु आवमा धितोपत्रको प्राथमिक बजारमा हुने रकममा ह्रास आएको छ । अर्थमन्त्रालयको तथ्यांक अनुसार चालु आवको फाल्गुण महिनासम्ममा धितोपत्रको प्राथमिक बजारमा मार्फत २२ अर्ब ४० करोड बराबरको पूँजी परिचालन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुनलामा ३१ दशमलव ७९ प्रतिशतले कम हो ।

यस अवधिमा साधारण शेयरको प्राथमिक निष्काशन मार्फत ४ अर्ब ६८ करोड, हकप्रद शेयर मार्फत ३ खर्ब १४ करोड तथा ऋणपत्र मार्फत १४ अर्ब ५८ करोड रुपैयाँ पूँजी परिचालन भएको छ ।

NCHL

गत आवकोे पहिलो आठ महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत शेयरहरुको चुक्ता मूल्य ३ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो मूल्य ३ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । त्यस्तै नेपालको कुल गाहस्र्थ उत्पादनसँग बजार पूँजीकरणको अनुपात ४० दशमलव ८ प्रतिशत रहेको छ ।

चालु आवको फागुुन महिनासम्ममा बजार पूँजीकरण १४ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत आवको अन्त्यसम्ममा भने बजार पूँजीकरण १४ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ थियो ।

त्यस्तै चालु आवको फाल्गुण महिनासम्ममा धितोपत्र कारोबार रकम ५६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने ८५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त अवधिमा धितोपत्र निक्षेप तथा राफसाफको लागि सीडीएस एण्ड क्लियरिङ्गमा दर्ता भएका कम्पनीहरुको संख्या २ सय १ र निक्षेप सदस्यहरुको संख्या ६९ रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x