IME Life

६ हजार २१४ जनाको भागमा एउटा बैंकको शाखा

SPIL
NIC ASIA

नेपालको प्रत्येक ६ हजार २१४ जनाको भागमा एउटा बैंक तथा वित्तीय संस्थाको शाखा परेको छ । अर्थमन्त्रालयको तथ्यांक अनुसार नेपालमा ४ हजार ७ सय १ शाखा छन् । जसमध्ये बाणिज्य बैंकको ३ हजार ३ सय ५ वटा, विकास बैंकको १ हजार १ सय ९६, वित्त कम्पनीको २ सय वटा शाखा रहेका छन् ।

जनसंख्यालाई आधार मान्ने हो भने नेपालको प्रदेश नम्बर दुईमा बैंकिङ सेवाको पहुँच कम छ । तथ्यांक अनुसार उक्त प्रदेशमा प्रत्येक १२ हजार १ सय ५० जनसंख्या बराबर एउटा बैंक तथा वित्तीय संस्थाको शाखा परेको छ । उक्त प्रदेशमा वित्तीय संस्थाको संख्या ४ सय ९९ छ । जसमध्ये बाणिज्य बैंक ३ सय ९१, विकास बैंक ८६ र वित्त कम्पनी २२ छन् । जहाँ वित्तीय संस्थाको अंश १५ दशमलव ६ प्रतिशत छ ।

Prabhu
Crest

त्यस्तै, कर्णाली प्रदेशमा प्रत्येक ९ हजार ८ सय ६३ जनसंख्या बराबर एउटा शाखा परेको छ । जहाँ बैंक तथा वित्तीय संस्थाको संख्या १७८ मात्रै छ । जसमध्ये बाणिज्य बैंकको शाखा १ सय ५६, विकास बैंकको १८ र वित्त कम्पनीको ४ मात्रै छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि प्रत्येक ९ हजार २ सय ६९ जनसंख्या बराबर एउटा शाखा परेको छ । जहाँ बैंक तथा वित्तीय संस्थाको संख्या ३ सय ७ छ । जसमध्ये बाणिज्य बैंंक २ सय ४१, विकास बैंक ६३ र वित्त कम्पनीको शाखा ३ रहेको छ ।

प्रदेश नम्बर १ मा भने एउटा बैंक तथा वित्तीय संस्थााको शाखाले ६ हजार ६ सय ५ जनसंख्यालाई सेवा दिईरहेका छन् । उक्त प्रदेशमा ७ सय ३५ वटा वित्तीय संस्थाका शाखा छन् । जसमध्ये बाणिज्य बैंकको शाखा ५ सय ३५, विकास बैंकको १ सय ६१, वित्त कम्पनीको ३९ वटा रहेका छन् ।

प्रदेश नम्बर तीनमा भने प्रत्येक ४ हजार १३८ जनसंख्याले एउटा वित्तीय शाखाबाट सेवा लिई रहेका छन् । उक्त प्रदेशमा १ हजार ५ सय ६ वित्तीय संस्थाको शाखा छ । जसमध्ये बाणिज्य बैंकको १ हजार १ सय २०, विकास बैंकको ३१० र वित्त कम्पनीको ७६ वटा शाखा कार्यालय रहेका छन् ।

गण्डकी प्रदेमा ६ सय ५२ वटा बैंक तथा वित्तीय संस्थाका शाखा छन् । प्रत्येक एउटा शाखाले ३ हजार ८ सय २६ जनसंख्यालाई सेवा दिई रहेका छन् । त्यसैगरी प्रदेश नम्बर पाँचमा ८ सय २४ वटा शाखा छन् । प्रत्येक एउटा शाखाले ६ हजार २६ जनालाई सेवा दिई रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS