IME Life

बीमा कम्पनीको शाखा २ हजार भन्दा बढी पुग्यो, सबै कम्पनी प्रदेश तीनमै थुप्रिए

SPIL
NIC ASIA


बीमा कम्पनीहरुको शाखाको संख्या २ हजार ९ पुगेको छ । अर्थमन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७५/७६ को फाल्गुण महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा उक्त संख्यामा रहेको हो ।

तथ्यांक अनुसार जीवन बीमा कम्पनीको संख्या १ हजार २९० छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीको संख्या ७१९ पुगेको छ । जसमध्ये प्रदेश नम्बर एकमा ३४३ वटा शाखा छन् । प्रदेश नम्बर दुइर्मा २६३, प्रदेश नम्बर तीनमा ५५३, गण्डकी प्रदेशमा २२४, प्रदेश नम्बर पाँचमा ३०९, कर्णाली प्रदेशमा १२६ र सुदुरपश्चिम प्रदेशमा १९१ शाखा विस्तार भएका छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीको भने सबैभन्दा धेरै शाखा प्रदेश नम्बर तीनमा नै छ । उक्त प्रदेशमा ३२७ वटा शाखा छन् । प्रदेश नम्बर एकमा २२८, प्रदेश नम्बर दुईमा १७२, गण्डकी प्रदेशमा १२९, प्रदेश नम्बर पाँचमा १९२, कर्णाली प्रदेशमा ९८ र सुदुर पश्चिम प्रदेशमा १४४ वटा शाखा विस्तार भएका छन् ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुको धेरै शाखा प्रदेश नम्बर तीनमा रहेको छ । उक्त प्रदेशमा कम्पनीहरुको शाखा २२६ छ । त्यस्तै, प्रदेश नम्बर एकमा ११५, प्रदेश नम्बर दुईमा ९१, गण्डकी प्रदेशमा ९५, प्रदेश नम्बर पाँचमा ११७, कर्णाली प्रदेशमा २८ र सुदुरपश्चिम प्रदेशमा ४७ वटा शाखा विस्तार भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS