IME Life

 नेपाल लाईफ, नेशनल लाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई दाँजेर हेर्दा 

SPIL
NIC ASIA

नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेपालमा स्थापित लाईफ इन्स्योरेन्स कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । तीन बीमा कम्पनीलाई दाँजेर हेर्दा नेपाल लाईफ इन्स्योरेन्सले सबैलाई उछिनेको देखिन्छ ।

नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफल इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

नोट : चुक्ता पुँजी गणना गर्दा बुक क्लोज पछि कायम रहेको पुँजी बाट लिईएको छ  । बजार मूल्य  जेष्ठ १२ गतेको  आधारमा लगिएको हो  । 

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब पूँजीको लक्ष्य दिएकोमा नेपाल लाईफ र नेशनल लाईफले मात्र सो लक्ष्य हासिल गरेका छन भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २ अर्ब पूँजीको लक्ष्य हासिल गरेकाे छैन ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड छ । समिितले राखेकाे लक्ष्य  हासिलका लागी   कम्पनीले अझै आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्नु पर्ने छ ।

नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब रहेको छ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो पुँजी अझै ३४ प्रतिशतले वृद्धि गर्नु परेकाले तीन बीमा कम्पनी मध्य बजारमा निकै धेरै बजार मूल्य रहन सफल भएको छ।

जगेडा कोषको आधारमा :

जगेडा कोषमा नेपाल लाईफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा ५ अर्ब ६२ करोड संचित छ भने नेशनल लाइफको जगेडामा ६८ करोड ७५ लाख रुपैया संचित छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ५८ करोड ३५ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :

जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा ५९ अर्ब ४६ करोड छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ५१ अर्ब ४८ करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा २५ अर्ब २२ करोड रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकमको आधारमा :

नेपाल लाईफले १५ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरको छ भने १५ अर्ब १९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाईफ पछि लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८ अर्ब ८३ करोड कुल बीमा शुल्क आर्जन गरको छ भने ८ अर्ब ७९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाईफ इन्स्योरेन्सले ४ अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरको छ भने ४ अर्ब ७६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :

खुद नाफाको आधारमा नेपाल लाईफ अघि छ । यो ९ महिनाको अवधिमा नेपाल लाईफले ४६ करोड ७२ लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले ३० करोड ६० लाख खुद नाफा गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १० करोड ७१ लाख खुद नाफा गरेको छ ।

नेपाल लाईफको प्रति शेयर आम्दानी ११ रुपैया ३३ पैसा, नेशनल लाईफको प्रति शेयर आम्दानी १३ रुपैयाँ ५७ पैसा छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति शेयर आम्दानी ९ रुपैयाँ ५६ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कुल कायम रहेको बीमालेख संख्याको आधारमा :

नेपाल लाईफ इन्योरेन्समा १२ लाख ३९ हजार बीमा लेख कायम छन् भने नेशनल लाईफमा ७ लाख ८ हजार र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा ७ लाख १० हजार बीमा लेख संख्या कायम छन ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS