Prabhu Life Ad Final

इन्फिनिटी लघुवित्तको आईपीओ जेठ १३ गतेदेखि खुल्दै

IME PAY

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जेठ १३ गतेदेखि ६ लाख ४० हजार ३ सय कित्ता आइपीओ बिक्री गर्ने भएको छ । जसमध्ये १० हजार ३ सय ७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७ सय कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

NCHL

लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिन पाउनेछन् । तर लघुवित्तको आइपीओमा लगानीकर्ताको आकर्षण अधिक भएकाले १० कित्ता मात्र आवेदन दिए पनि पुग्ने देखिन्छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ भने ढिलोमा असार १० गतेसम्म भर्न सकिनेछ । आइपीओले औसतभन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x