IME Life

जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा २७ अर्ब ९९ करोड कर्जा प्रवाह

SPIL
NIC ASIA

जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी २७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् ।

Prabhu
Crest

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आर्थिक वर्षकोे चैत महिनासम्ममा ११ अर्ब २ करोड ८२ लाख ४२ हजार ६ सय ५६ रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनले ८ अर्ब ६२ करोड ८९ लाख ८ हजार १ सय ११ रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले ३ अर्ब २८ करोड २७ लाख ९७ हजार ९ सय १३ रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३५ करोड ९४ लाख ८८ हजार ४ सय ८२ रुपैंया बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २० करोड १६ लाख ८ हजार ९ सक्ष् १ रुपैयाँ, मेट लाईफ इन्स्योरेन्सले ८९ करोड २१ लाख ४४ हजार रुपैयाँ, प्राइम लाईफले ७९ करोड २३ लाख ९१ हजार, सूर्या लाईफ इन्स्योेरेन्सले ३४ करोड १२ लाख ७३ हजार रुपैयाँ र गुराँस लाईफ इन्स्योरेन्सले २९ करोड ५१ लाख ३९ हजार ४ सय ९४ रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेको छन् ।

५ नयाँ जीवन बीमा कम्पनीले गरे १७ करोड ४० लाख बीमालेख धितोकर्जा प्रवाह
१० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये नयाँ ५ जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा कर्जा प्रवाह गरेका छन् । नयाँ जीवन बीमा कम्पनीहरुमध्ये युनियन लाईफ र सन नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले सबैभन्दा धेरै बीमालेख कर्जा प्रवाह गरेका छन् ।

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत महिनासम्ममा ८ करोड ३३ लाख ३ हजार ९ सय ९ रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ११ लाख ९६ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी आइएमई लाईफ इन्स्यारेन्सले २ करोड ६९ लाख १२ हजार सिटिजन लाईफ इन्स्यारेन्सले २ करोड १९ लाख ७८ हजार रुपैयाँ र ज्योति लाईफ इन्स्यारेन्सले ६ लाख ७९ हजार रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS