युनियन लाइफद्धारा ३ लाख ५७ हजार दाबी रकम हस्तान्तरण

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बारा जिल्ला कलैया निवासीका मृतक बीमित राम मिलन साह कानुको श्रीमती गायत्री देबीलाई घरमै पुगि दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

युनियन लाइफ  इन्स्योरेन्स कम्पनिका प्रदेश नम्बर २ का प्रबन्धक ऋषि भक्त ढकाल, नायब प्रबन्धक जितेश कर्ण र बिरगंज  शाखा प्रमुख जय प्रकाश गुप्ताले संयुक्त रुपमा गायत्री देबीलाई ३ लाख ५७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार