आइएमई जनरलले प्रस्ताव गर्यो ५ प्रतिशत बाोनस, कर शेयरधनी आफैले तिर्नु पर्ने

आइएमई जनरल इन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीको जेठ ९ गते बिहिबार बसेको संचालक समितिको ७७ औँ बैठकले आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजी ९७ करोड २० लाखको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानिकर्ता स्वयंमले नै तिर्नु पर्नेछ ।

कम्पनीको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा कार्यान्वयन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार