Prabhu Life Ad Final

नेप्से ५ अंकले घट्दा कारोबार रकम ९३ करोडमाथि

IME

बिहीवार शेयर बजार ५ अंकले घटेर १,३१४.५५ अंकमा कायम भएको छ । होटल, निर्जीवन बीमा समुह, माइक्रोफाइनान्स, म्युचल फण्ड र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह ६४ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७० वटा कम्पनीको २९ लाख ४३ हजार ३ सय ४ कित्ता शेयर १२ हजार पटक खरिदविक्री हुँदा ३९ करोड २६ लाख ४४ हजार ८ सय ८७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोशीको १५ करोड रुपैयाँको कारोबार भएको छ ।

NLIC

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७० अंकले घटेर २ सय ८० दशलमव ३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

त्यसैगरी, हिमालयन डिस्टिलरीको ७ करोडमाथिको कारोबार भएको छ भने नेपाल बैंकको ६ करोड र कृषि विकास बैंकको ४ करोडमाथिको कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । जनता बैंक, एनसीसी बैंक, सानिमामाई हाइड्रो र नेपाल टेलिकमको २ करोडमाथिको कारोबार भएको छ ।

एनएमबि माइक्रोफाइनान्स र मल्टिपर्पोज फाइनान्का शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन उर्जा विकास कम्पनी, हिमालयन पार्टनर कम्पनीका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x