IME Life

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले गर्यो बालगृहलाई सहयोग

SPIL
NIC ASIA

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले २५औं वार्षिकोत्सवको अवसर पारेर लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बालगृहलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामान वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बालगृहमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले मन्दिरमा पूजा गर्नु भन्दा अभिभावकबिहीन बालबालिकालाई सहयोग गर्नु पुनित कार्य हुने बताइन् ।

Prabhu
Crest

उपप्रमुख काफ्लेले महालक्ष्मी विकास बैंकले स्थापना काल देखि नै सहज र सरल बैंकिङ सेवा प्रदान गर्दै आएको भन्दै प्रशंसा गरिन् । बैंकका सञ्चालक राहुल अग्रवालले देशको ठूला विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पनि भएको बताए । उनले सबै क्षेत्रमा बैंकको पहुँच पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।

सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङले बालगृहमा रहेका बालबालिकालाई मध्यनजर गर्दै बैंकले खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गर्नु प्रशंसनीय रहेको बताइन् । महालक्ष्मी विकास बैंकका पूर्व कर्मचारी कृष्ण श्रेष्ठले बैंकले विगत देखि नै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS