IME Life

यस्ता छन् स्वास्थ्य बीमा गर्नुका फाइदाहरु

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

स्वास्थ्यलाई मानव जीवनको सबैभन्दा ठूलो धनको रुपमा लिइन्छ । सबै मानिसहरुको चाहना हुन्छ स्वास्थ्य र निरोगी हुने तर पनि हाम्रो जीनव न हो बिरामी भइरहेका हुन्छौं । अहिलेको समयमा प्राय सबै मानिहरुले थोरै भएपनि बैंकमा बचत गरेका हुन्छन् । के बैंकको बचतले मात्र निकट भविश्यमा आउन सक्ने स्वास्थ्यको जोखीमलाई न्यूनीकरण गर्न सक्छ

बैंकमा सबै मनिसले भविश्यमा आउने अप्ठ्याराहरुलाई मध्यनजर गरेर कमाएको पैसालाई सुरक्षित गर्ने गरेका हुन्छन् । तर ठूला र डरलाग्दा रोगबाट बच्न बैंकमा बचत गरेको थोरै पैसाले मात्र सम्भव नहुन सक्छ । त्यसकारण स्वास्थ्य बीमा गर्यो भने भविश्यमा आर्थिक संकटको सामना गर्नुपर्दैन ।

Crest
Meta Holidays

के हो स्वास्थ्य बीमा
नेपालमा वि।सं। २०४० को दशकबाट स्वास्थ्य बीमा सुरु भएको हो । सुरुमा संस्थागत स्वास्थ्य बीमा गरिन्थ्यो । स्वास्थ्य बीमा गरेपछि विरामी पर्दा वा चोट–पटक लाग्दा उपचार खर्च बीमा वापत पाईन्छ । सरकारले पनि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वार्षिक २५ सय तिरेपछि ५ जनासम्मको परिवारका सदस्यले ५० हजार सम्म उपचार खर्च पाउछन् । निजी क्षेत्रका बीमा कम्पनीहरुले पनि विभिन्न सुविधा सहितका स्वास्थ्य बीमा योजनाहरु ल्याएको पाईन्छ ।

स्वास्थ्य बीमाबाट कस्तो सुविधा पाइन्छ
सरकारले उपलब्ध गराउने सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गतको बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्छन ।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन ।

तर, निजी क्षेत्रका बीमा कम्पनीहरुबाट गरिने स्वास्थ्य बीमाबाट भने बीमा गर्दाको अवस्थामा तोकिएका शर्तहरुका आधारमा बीमा भुक्तानी पाउन सकिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x