कामना सेवा विकास बैंकका ग्राहकलाई यूनिभर्सल इन्स्टिच्यूटमा विशेष छुट

कामना सेवा विकास बैंक र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रा.लिबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच उपचारमा विशेष छुट पाउने गरि सम्झौता भएको हो । यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्चको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पि.एसले हस्ताक्षर गरे ।

सम्झौता पछि बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्चमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले विश्वास लिएको छ ।

हालसम्म बैंकले ८४ वटा शाखा कार्यलय तथा ३९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार