IME Life

सिटिजनको जीवन सारथी बीमा योजना बजारमा

SPIL
NIC ASIA

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले जीवन सारथी बीमा योजना सञ्चालनमा ल्याएको छ । ‘बाचुन्जेलको साथी, अब एउटै बीमा काफी’ भन्ने नाराका साथ कम्पनीले बीमा योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अनुसार बिमित जीवितै रहँदाको अवस्थामा पनि कम्पनीले दुई गुणा बीमांक रकम र बोनश भुक्तानी गर्दछ । साथै विमित ७० बर्ष पुगेपछि पहिलो र हरेक ५ बर्ष पछि २० प्रतिशतको दरले लाभ भुक्तानी गर्छ ।

Prabhu
Crest

उक्त योजना अनुसार ९० बर्षसम्म बीमालेखमा ऋण सुविधा प्रदान गरिनेछ । यस बीमा योजनाको साथमा विभिन्न २० वटा घातक रोगहरुको समेत रक्षावरण सुविधा लिन सकिनेछ । कम्तिमा १६ र अधिकत्तम ६० बर्ष उमेर पुगेको व्यक्तिले यो बीमा योजना खरिद गर्न सक्नेछन् ।

यस बीमा योजनाको बीमा अवधि ३० देखि ७४ बर्षको हुनेछ । ५ देखि ४९ बर्षसम्म बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । अधिकत्तम बीमाशुल्क भुक्तानी उमेर ६५ र अधिकत्तम बीमा समाप्ति उमेर ९० बर्षको हुनेछ ।

यस योजनाको न्यूनत्तम बीमांक रकम ५० हजार रुपैयाँ छ भने अधिकत्तम ३ करोड रुपैयाँसम्मको बीमा गर्न सकिनेछ । एकल, बार्षिक, अर्ध बार्षिक र त्रैमासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ ।

यस बीमा योजनामा बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गरेमा २ प्रतिशत छुट हुनेछ । अर्धबार्षिक बीमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट हुनेछ । ९० बर्षसम्म कुनै कारणबाट मृत्यू बीमा रक्षावरण र ७० बर्षसम्म दुर्घटनाबाट मृत्यू एवं स्थायी पूर्ण अशक्तता बीमा रक्षावरण गर्नेछ ।

यस योजना अनुसार २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमालेख कर्जा लिन सकिनेछ । तर, एकल बीमाशुल्क भुक्तानीको हकमा बीमा प्रारम्भ भएको मितिले ३१ दिन पश्चात बीमालेख कर्जा लिन सकिनेछ । २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात स्वत ः बीमाशुल्क ऋण सुविधा छनौट गरेको अवस्थामा कदमकदाचित बीमाशुल्क भुक्तानी नभएमा निश्चित अवधिसम्म जोखिम बहन भईरहने छ ।

बीमितको उमेर ७० बर्ष पुगे पश्चात जीवित लाभ खण्डको तालिका बमोजिम भुक्तानी हुने रकमबाट समेत कर्जा लिन सकिनेछ । एकल बीमाशुल्क भुक्तानी योजना अन्र्तगत पहिलो बार्षिकोत्सव मिति पश्चात बीमालेख समर्पण गर्न सकिनेछ । एकल बीमाशुल्क भुक्तानी योजना बाहेक अन्य बीमाशुल्क भुक्तानी योजना अन्र्तगत पुरा दुई बर्षको बीमाशुल्क भुक्तानी भै सकेपछि बीमा अवधि भित्र बीमालेख समर्पण गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS