IME Life

मर्जरको तयारीमा बीमा कम्पनीहरु

SPIL
Sanima Reliance

नेपाल इन्स्योरेन्स र आईएमई जनरल इन्स्यारेन्स कम्पनीले मर्जरको तयारी गरेका छन् । आईएमई समुहको लगानी रहेको दुवै कम्पनी एक आपसमा मर्जरमा जाने तयारी गरेको कम्पनी स्रोतले बताएको छ ।

त्यस्तै, लाईफ इन्स्योरेन्स कर्पोरेशन र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी पनि मर्जरको तयारीमा रहेको स्रोतले बताएको छ । यि दुवै कम्पनीमा विशाल समुहको लगानी रहेको छ ।

Crest
Meta Holidays

नेपालमा बीमा कम्पनीहरुको संख्या धेरै भए पछि बीमा समितिले मर्जरको नीति अपनाएको हो । कम्पनी ऐनमा कम्पनीहरु एक आपसमा गाभिन सक्ने र प्राप्ती गर्न सक्ने व्यवस्था गरिएको छ । साथै बीमा समितिले मर्जर निर्देशिका जारी गर्दै मर्जरमा जाने कम्पनीहरुलाई विभिन्न आठ सुविधा प्रदान गरेको छ ।

बीमा समितिले क्रस होल्डिंग भएका कम्पनी र पूँजी पुर्याउन नसकेका कम्पनीलाई मर्जरमा जान फोर्स गरेको छ ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालकोे चुक्ता पूँजी १ अर्ब ४९ करोड पुगेको छ । सूर्या लाईफ इन्स्योरेन्स १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । साथै नेपाल इन्स्योरेन्स कम्पनीको पूँजी ६१ करोड ६३ लाख पुगेको छ । आईएमई जनरल इन्स्योरेन्सको ९७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

बीमा समितिको प्रावधान अनुसार जीवन बीमा कम्पनीले चालु आव भित्रमा २ अर्ब रुपैयाँ पूँजी पुर्याउनुपर्ने छ भने निर्जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x