सवारी किन्दै हुनुहुन्छ? कामना सेवाले दिन्छ ११.९९ %मा अटो लोन

कामना सेवा विकास बैंकले ग्राहकहरुलाई ११ दशमलव ९९ प्रतिशत अटो लोन दिने भएको छ । चार पाँग्रे सावारी साधन किन्न चाहाने ग्राहकहरुका लागि सस्तो व्याजदरमा अटो लोन उपलब्ध गराउने भएको हो ।

यस्तो लोन निजी सवारी साधन किन्न चाहाने ग्राहकलाई आठ वर्षसम्मको कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको अटो लोनको व्यवस्था अनुरुप बैंकले ५० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्न व्यवस्था ल्याएको हो ।

हालसम्म देशभर फैलिएका कामना सेवा विकास बैंकको ८३ वटा शाखा कार्यलयबाट उक्त लोन लिन सकिने छ । त्यस्तै बैंकले ११ दशमलव ९९ प्रतिशतमा घर कर्जा समेत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार