IME Life

जीवन बीमा कम्पनीका अभिकर्ताहरुले ९ महिनामा बुझे ५ अर्ब ७० करोड कमिशन

SPIL
NIC ASIA

आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले ५ अर्ब ७० करोड ५७ लाख २१ हजार २ सय ४८ रुपैयाँ कमिशन बुझेका छन् । चालु आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीका अभिकर्ताहरुले सो रकम बुझेको देखिएको हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीमा आवद्ध अभिकर्ताहरुले ३ अर्ब ४६ करोड ५१ लाख ५९ हजार ७ सय ९ रुपैयाँ बुझेका थिए ।

चालु आवको चैत्र महिनासम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुले अभिकर्ता कमिशन वापत १ अर्ब ८२ करोड ८७ लाख ४० हजार ४ सय ६१ रुपैयाँ बुझेका छन् । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनका अभिकर्ताहरुले ९६ करोड ३९ लाख ६५ हजार रुपैयाँ बुझेका छन् । भने नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले ५० करोड ४५ लाख रुपैयाँ बुुझेका छन् ।

Prabhu
Crest

नेपाल लाइफका अभिकर्ताले बुझे सबैभन्दा बढी कमिशन
चालु आवको तेस्रो त्रैमासको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता कमिशन वापत १ अर्ब ८२ करोड ८७ लाख ४० हजार ४ सय ६१ रुपैयाँ बुझेका छन् । गत आवको सोही अवधिको तुलनामा ४३.५८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ अर्ब २७ करोड ३६ लाख ६८ हजार ५ सय ७७ रुपैयाँ बुझेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS