सञ्चार बचत तथा ऋण सहकारीबाट महालक्ष्मी इन्स्योरेन्सको बीमा सेवा लिन सकिने

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र सञ्चार बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखराबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र सञ्चार सहकारीका तर्फबाट अध्यक्ष विनोद ढुंगानाले सम्झौता हस्ताक्षर गरेका छन् ।

सम्झौता भए पश्चात सञ्चार सहकारीका ग्राहकले सहकारीबाटै महालक्ष्मी इन्स्योरेन्सका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने  भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार