नेप्से २.२९ अंकले घट्दा, शिवम सिमेन्टको कारोबार १३ करोड माथि

साताको अन्तिम दिन नेप्से २ दशमलव २९ अङ्कले घटेर १३१८ दबमलव ७१ अङ्कमा कारोबार बन्द भएको छ । ९४ करोड ७६ लाख माथिको कारोबार भएको छ ।

बैंकिङ्ग, होटल, हाइड्रोपावर, अन्य, माइक्रोफाइनान्स र जीवन बीमाको क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा वृद्धि आएको छ ।

सबैभन्दा शिवम सिमेन्टको शेयर १३ करोड ४१ लाख बराबरको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्टको शेयरमा १० प्रतिशतको वृद्धि भयो भने सबैभन्दा धेरै कृषि विकास बैंकको शेयरमा ३ दशमलव ८८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार