कामना सेवाको रेमिट सेवा शुभारम्भ

118

कामना सेवा विकास बैंक लिमिटेडले कामना सेवा रेमिट संचालनमा ल्याएको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आर्चाय र कम्पनीका सिईओ प्रविण बस्नेतले संयुक्त रुपमा ‘कामना सेवा रेमिट’ को उद्घाट्न गरेका छन् ।

संचालक अध्यक्ष आर्चायले देशभर फैलिएका सम्पूर्ण शाखाहरुबाट सहज रुपमा रेमिट सुविधा सेवा विस्तार गर्ने र ग्राहकलाई थप सुविधा प्रदान गर्न रेमिट सेवा सुरु गरेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले रेमिट मार्फत सुरक्षित र भरपर्दो रुपमा रकम पठाउन सकिने र ग्राहकलाई थप सुविधा प्रदान गर्ने हेतुले रेमिट सेवा शुभारम्भ गरेको बताए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्