६० प्रतिशत हकप्रद निस्काशनको तयारीमा रहेको एनएलजी इन्स्योरेन्सको खुद नाफा २ प्रतिशतले मात्र बढ्यो

353

एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब ९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम १० प्रतिशतले  वृद्धि भएको छ । त्यस्तै कम्पनीले ५३ करोड ६० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम ४  प्रतिशतले कम  भएको छ ।

९ महिनाको अवधिमा कम्पनीले १५ करोड ३४ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३१ रुपैयाँ ९४ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ३१ रुपैयाँ ४४ पैसा थियो ।

कम्पनीको जगेडा कोषमा १९ करोड ८७ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १३२ प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने १९ प्रतिशतले वृद्धि हुँदै ७८ करोड ४१ लाख पुगेको छ ।

कम्पनीको हाल पुँजी ६४ करोड रुपैयाँ छ। १ अर्ब पुँजी पुर्याउने क्रममा कम्पनी ६० प्रतिशत हकप्रद शेयर निस्काशन गर्न प्रक्रियामा छ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्