रिलायन्स लाईफको नौ महिनाको कुल बीमा शुल्क ३८ करोड ८९ लाख

928

रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १७६३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३८ करोड ८९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम १७६१ प्रतिशतले वृद्धि हुँदै ३७ करोड ६७ लाख पुगेको छ ।

कम्पनीले जारी गरेको बीमा लेख संख्या १९१२ प्रतिशतले बढरे ११ हजार ४ सय ६६ रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ करोड ७० लाख खुद नाफा गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ४५ पैसा रहेको छ ।

कम्पनीको जगेडा कोषको आकार ३ प्रतिशतले घटेर १० करोड ३० लाख पुगेको छ भने जीवन बीमा कोषको आकार २४ करोड १८ लाख पुगेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्