IME Life

राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क आर्जनमा आकर्षक वृद्धि, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म १ अर्ब १२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७६ करोड ९० लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ४६ प्रतिशतले  वृद्धि भएको छ । त्यस्तै कम्पनीले ३०   करोड ३३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम ६९ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

९ महिनाको अवधिमा कम्पनीले ५८ करोड ४८ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २७ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २९२ रुपैयाँ ४५ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २३०  रुपैयाँ ६९ पैसा थियो ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ३६ करोड  रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १७ प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने २६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ६४ करोड  पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम ५ करोड ३४ लाख छ भने खुद दावी भुक्तानी रकम ५ करोड ३४ लाख रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS