Prabhu Life Ad Final

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा ५ प्रतिशतले वृद्धि हुँदा, बीमा शुल्क भने घट्यो

IME PAY

प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म ९४ करोड २३  लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब २ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ८ प्रतिशतले कम  भएको छ । त्यस्तै कम्पनीले ३५ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २ प्रतिशतले घटेको छ ।

NCHL

९ महिनाको अवधिमा कम्पनीले १२ करोड ७२ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ५  प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २६ रुपैयाँ ४५ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २५ रुपैयाँ २८ पैसा थियो ।

कम्पनीको जगेडा कोषमा २३ करोड २९ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष ११७ प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने १० प्रतिशतले वृद्धि हुँदै ४६ करोड १४ लाख पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम ५५ करोड २ लाख छ भने खुद दावी भुक्तानी रकम २१  करोड ३० लाख रहेको छ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले ७३ करोड ८३ लाख रकम भुक्तानी हुन् बाँकी छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x