IME Life

नौ महिनामा २० करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल जनरल इन्स्योरेन्स

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

केही समय अघि मात्र संचालनमा आएको जनरल इन्स्योरेन्सले आफ्नो तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २० करोड ४९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ९ करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीमा  हाल १९  हजार  ७ सय ६८  बीमा लेख संख्या कायम छन्।  कम्पनीले तेश्रो त्रैमास सम्म २ करोड ३१  लाख खुद नाफा गरेको छ।

Crest

कम्पनीको हाल पुँजी ७० करोड रुपैयाँ छ।  निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनु पर्नेमा कम्पनीले बाँकी रकम आईपीओमा निस्काशन गर्ने देखिन्छ। कम्पनीको जगेडा कोषमा १ करोड ९८  लाख संचित छ भने बीमा कोषमा २ करोड २० लाख रुपैया संचित छ।
तेश्रो त्रैमास सम्म कम्पनीले  ७८ लाख २८ हजार कुल दावी भुक्तानी गरेको छ भने ४५ लाख ६८  हजार खुद दावी भुक्तानी गरेको छ।
२ करोड ६३ लाख रुपैया भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ । कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैया ४० पैसा आउछ भने १०५ रुपैया ९८ पैसा किताबी मूल्य छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS