Prabhu Life Ad Final

गुराँस लाईफको तेश्रो त्रैमास सम्म बीमा शुल्क आर्जन १ अर्ब माथि

IME PAY

गुराँस लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

NCHL

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम २६  प्रतिशतले वृद्धि हुँदै १ अर्ब १२ करोड पुगेको छ। कम्पनीले जारी गरेको बीमा लेख संख्या ४  प्रतिशतले  वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ५ करोड ६५ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ११  रुपैयाँ ७६  पैसा रहेको छ।

कम्पनीको जगेडा कोषको आकार १२ प्रतिशतले वृद्धि भएर  २३ करोड १७ लाख पुगेको छ भने जीवन बीमा कोषको आकार ३५ प्रतिशतले वृद्धि भएर ५ अर्ब २१ करोड पुगेको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x