IME Life

समूहमा बार्गेनिंग गर्छन् अभिकर्ताहरु

SPIL
NIC ASIA

बीमा अभिकर्ताहरुले बीमा कम्पनीसँग व्यवसायको लागि सामूहिक रुपमा नै बार्गेनिंग सुरु गर्न थालेका छन् । अभिकर्ताहरुले निश्चित व्यवसायको रकम तोकेर निश्चित कमिशन दिनुपर्ने माग राख्दै बार्गेनिंग गर्न थालेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

नेपालको बीमा बजारमा नयाँ कम्पनीहरु सञ्चालनमा आएसँगै अस्वस्थ्य प्रतिस्पर्धा पनि बढ्न थालेको छ । यही मौका छोपी अभिकर्ताहरुले पनि कम्पनीसँग बार्गेनिंग गर्न थालेका हुन् । आफुहरुले ल्याएको व्यवसायको ५० प्रतिशत कमिशन दिनुपर्ने भन्दै एक अभिकर्ताको समूहले बार्गेनिंग गरेको उनले बताए । अभिकर्ताहरुमा देखिएको यस्तो खालको प्रवृतिले बजारमा विकृति ल्याउँने उनले बताए ।

Prabhu
Crest

बीमा समितिले बीमा व्यवसाय ल्याए बापत अभिकर्तालाई कमिशन दिनुपर्ने व्यवस्था गरेको छ । कमिशनको लागि समितिले नै निश्चित प्रतिशत तोकेको छ । त्यस्तै, समितिले कम्पनीहरुको अभिकर्तालाई इन्सेन्टिभ पनि दिन सक्ने व्यवस्था गरेको छ । यसका साथै कम्पनीहरुले विभिन्न समयमा विभिन्न खालका उपहार र प्याकेजका सुविधा पनि अभिकर्तालाई दिदै आएका छन् । यसका अतिरिक्त पनि अभिकर्ताहरुले कम्पनीहरुसँग व्यवसायको बार्गेनिंग सुरु गरेका छन् ।

नयाँ कम्पनीहरुमा अभिकर्ताहरुले यस्तो खालको बार्गेनिंग गर्ने गरेको लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालकी सिनियर एजेन्सी म्यानेजर संजिता भक्तराजले बताईन् । यो प्रवृति गलत हो । यसले भोलिका दिनमा बीमा क्षेत्रमा नकरात्मक असर देखाउँने उनले बताईन् । नयाँ कम्पनीहरुलाई व्यवसाय बढाउँने चुनौती छ । त्यसको मौका छोपी अभिकर्ताहरुले बार्गेनिगं गर्न थालेको उनले बताईन् ।

निक्षेपको लागि पनि बीमाको बार्गेनिंग
बैंक तथा वित्तीय संस्थाहरुले बीमा व्यवसाय दिने भन्दै बीमा कम्पनीसँग निक्षेपको लागि बार्गेनिंग सुरु गरेका छन् । निश्चित रकम निक्षेप राखेको अवस्थामा बैंकास्योरेन्स मार्फत बीमा व्यवसाय दिने भन्दै बैंकहरुले बार्गेनिंग गर्न थालेको एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । एउटा कम्पनीमा बार्गेनिंग गरेपछि सोही बंैक तथा वित्तीय संस्थाले अर्को कम्पनीमा पनि बार्गेनिंग गर्न थालेको उनले बताए । “केही समय त हामीले यस्तो प्रेसरलाई वेवास्ता गरेका थियौ । तर, निक्षेप नराखेसम्म व्यवसाय नै नदिने भएपछि हामी पनि बाध्य भयौ,” उनले भने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS