IME Life

नयाँ कम्पनीलाई स्वीकृत दिएर मर्जर निर्देशिका ल्याउँनु व्यवहारिक देखिएन

SPIL
NIC ASIA
कवि प्रसाद पाठक,प्रशासक,राष्ट्रिय बीमा संस्थान

३० बर्ष कृषि विकास बैंकमा काम गरेका कवि प्रसाद पाठकले राष्ट्रिय बीमा संस्थानामा प्रशासकको रुपमा प्रवेश गरेको एक बर्ष पूरा भईसकेको छ । २०७५ साल जेठ ६ गतेको मन्त्रिपरिषद्को निर्णयले पाठकलाई प्रशासकको रुपमा नियुक्त गरेको हो । झापामा स्थायी घर भएका पाठकले अर्थशास्त्र, गणित र कानूनमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेपालमा नयाँ बीमा कम्पनीहरु थपिएसँगै बजारमा प्रतिस्पर्धा बढी रहेको सन्दर्भमा राष्ट्रिय बीमा संस्थान भने अझै पनि आफना कदमहरु सुस्त गतिमा बढाईरहेको छ । बजारमा बढ्दै गएको प्रतिस्पर्धामा आफुलाई स्थापित गर्न कम्पनीले के गर्दैछ ? नेपालमा बीमाको पहुँच विस्तार गर्न के गर्नुपर्छ । वर्तमान बीमाको अवस्था कस्तो छ ? सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको हालको स्थित आगामी योजना के छ भन्ने बिषयमा कम्पनीको प्रशासक कवि प्रसाद पाठकसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार :

अहिले बैंक र बीमा कम्पनी बिच धमाधम बैंकास्याेरेन्स सम्झौता भएको समाचार आउँन थालेका छन् । कानुनी रुपमा नभएको व्यवस्था अनुसार कम्पनीहरुले काम गर्नु कतिको जायज हुन्छ त ?

Prabhu
Crest

संचार माध्यममा बैंकास्योरन्सको कुराहरु आईरहेको छ । अहिले हामीले हेर्नु पर्दा यसलाई संस्थागत अभिकर्ताको रुपमा  लिनुपर्छ । बैंकास्योरेन्सको माध्यमबाट यसको मान्यता नभएको हुदाँ यस कुरामा बिशेष ध्यान दिनु जरुरी रहेको देखिन्छ । कानुनी रुपमा मान्यता नभएपनि यो काम भईरहनु राम्रो कुरा भने हैन । यस बिषयमा समितिले बिशेष ध्यान दिनु जरुरी देखिन्छ ।

बैंकहरुले आफना कर्मचारीलाई टार्गेट नै दिएर बीमा विक्री गर्न थालेका छन् । यसले बीमा बजारमा भित्राउँने विकृतिलाई कसरी लिनु भएको छ ?

यो सुरुवातको चरणमा छ । यसको पूर्ण रुपमा असर भने देख्न नै बाँकि नै रहेको छ । भोलिको दिनमा त्यस्तो पोलिसीहरु नवीकरण हुने वा हैन भन्ने बिषयमा पनि बुझनु जरुरी रहेको छ । बीमा जर्बजस्तिमा गराउनु राम्रो हैन । यसलाई व्यवस्थित गनुपर्छ । पोलिसी बेच्ने र टार्गेट पूरा गर्न मात्र सोच बनाएर बैंकले बीमा पोलिसी दिईरहेको छ भने त्यो गलत अभ्यास हो । बीमाको पोलिसी जर्बजस्तिमा दिदाँ भोलि यसले बीमा बजारमा नकारात्मक असर ल्याउन सकिन्छ । बैंकले कर्मचारीलाई मात्र जर्बजस्तिमा टार्गेटको बाटो देखाउँदा बीमा क्षेत्रमा यसले असर पक्कै पनि गर्छ । बैंकमा पनि कर्मचारीहरुले बीमा गराउदाँ नवीकरण लगायत अन्य कुराको बिषयमा पनि ग्राहकलाई स्पष्ट जानकारी दिनु जरुरी रहेको छ, जसले बीमा बजारमा गलत भ्रम तोड्न सहज बनाउछ । बैंकले बीमाको पहुँचमा पनि सहयोग गर्ने पनि देखिन्छ । तर बैंकले कमीशनको लोभमा बीमालाई गलत दिशातिर लैजानु हुदैन । सही रुपबाट अघि बढेमा बैंकले बीमाको पहुँचमा पनि सहयोग गर्ने पनि देखिन्छ । यसमा समस्या निम्त्याउन नदिनको लागि बीमा समितिले पनि बिशेष ध्यान दिनु जरुरी देखिन्छ ।

बीमा समितिले मर्जर निर्देशिका परिमाजर्न गरी कम्पनीहरुलाई मर्जरको लागी प्रोत्साहित गरेको छ । नेपालमा बीमा कम्पनीहरुको मर्जरको सम्भावना र आवश्यकता कत्तिको देख्नु भएको छ ?

बीमाको पहुँचको आधारमा हेर्ने हो भने बीमा कम्पनीहरु बढेसँगै बीमाको बजारको पहुँचमा वृद्धि आएको छ । यही आथिक बर्ष भित्र नयाँ कम्पनी स्विकृति र मर्जरको बिषय एकै पटक उठेको छ । बीमा समितिले बीमा नयाँ बीमा कम्पनीलाई यसै बर्ष बजारमा भित्रायाउने र मर्जर गर्ने काम एकै पटक थलानी गरेको छ ।

जीवन बीमा कम्पनीलाई भन्दा पनि निर्जिवन बीमा कम्पनीलाई चाहि मर्जर तिर लान लागेको जस्तो देखिन्छ । मर्जरमा लग्दा पनि फोर्स मर्जर भन्दा पनि आकर्षक प्याकेज ल्याएर अघि बढायो भने अझै राम्रो हुन्छ । बीमा समितिले हालै परिमार्जन गरिएको मर्जर निर्देशीकामा केही आकर्षक प्याकेजहरु पनि रहेका छन् ।

मेरो विचारमा यसै बर्षमा नयाँ कम्पनीहरुलाई स्वीकृति दिनु र यसै पटक मर्जरको कुरा आउदाँ नमिलेको हो कि भन्ने लागेको छ ।

बीमा समितिले कम्पनीहरुलाई पूँजी जुटाउँन दिएको अवधि पनि सकिएको छ । तपाईहरुले कसरी पूँजी पुराउँदै हुनुहुन्छ ?

हाम्रो कम्पनीको कुरा गर्दा हामीलाई पूँजी पुराउनमा खासै समस्या भने रहदैन । बैशाख भित्रमा तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक हुनुपर्ने हो तर एनआरएफ लागु हुने कारणले गर्दा यसमा केही समय ढिला भईरहेको हो । कम्पनीको तेस्रो त्रैमासको वित्तिय विवरण पनि ठिकै नै रहेको छ ।

बीमा संस्थानको केही समय अघि देखि साधारणसभा भएको छैन, त्यसैले उक्त समयदेखि नै पूँजी वृद्धि समेत रोकिएको हो । राष्ट्रिय बीमा संस्थानको बीमाङ्कीय मूल्याङ्कन समयमा नभएकैले वित्तीय विवरण फाइनल हुन समय लागेको र यसले गर्दा अन्तिम लेखा परीक्षण र साधारणसभा समेत रोकिएको अवस्था हो ।

हालको कुरा गर्ने हो भने २०६६/६७ सम्मको बीमाङ्कीय मूल्यांकन भएर त्यसको स्वीकृतिको लागि बीमा समिति पठाइसकेका छौं भने २०६९/७० सम्मका बीमाङ्कीय मुल्यांकनको ड्राफ्ट रिपोर्ट प्राप्त भइसकेको छ यसलाई पूर्णता दिई समितिबाट स्वीकृति लिने तयारीमा रहेका छौं ।

त्यस लगत्तै हामी पहिलो चरणमा आथिक बर्ष २०६९/७० सम्मको साधारणसभा गर्नेछौ । दोस्रो चरणमा आर्थिक वर्ष ०७२ /०७३ सम्मको साधारणसभा सम्पन्न गर्नेछौं । यही आर्थिक बर्षभित्र बाँकी अवधिको लेखापरीक्षण कार्य समेत सम्पन्न गर्ने योजना छ । दश वर्षको साधारणसभा गर्दा बोनस शेयरबाटै पूँजीलाई एउटा तहमा पुर्याउँछ । बाँकी पूँजी पुर्याउन संस्थानले तयार गरेको पूँजी वृद्धि योजना अनुरुप गर्न हाम्रा प्रोमोटरहरु तयार नै रहेका छन् ।

राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुसार अधिकृत पूँजी ५० करोड रुपैंया मात्र हो । यो बढाउन ऐन नै संशोधन गर्नुपर्छ । हाल बीमा ऐन संसदबाट पारित हुने क्रममा छ, यसले संस्थानलाई ऐन जारी भएको एक बर्षभित्र कम्पनीमा जानुपर्ने व्यवस्था गरेको छ ।

संसदबाट बढीमा ३ महिनाभित्र ऐन पारित हुन्छ भनिएको छ । त्यसो भयो भने अबको १५ महिनाभित्र हामी कम्पनीमा रुपान्तरण हुनुपर्छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयको सुझावअनुसार ऐन संशोधन गर्ने नयाँ बीमा ऐनलाई हामीले पर्खेर बसेका हौं । यसबारे समितिका उच्च अधिकारीहरुसँग एक प्रकारको सहमति भइसकेको छ । तोकिएको समयावधिभित्र संस्थान पूँजी वृद्धि गर्न सक्षम छ ।

राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवनबीमा मार्फत करिब ३ लाख राष्ट्रसेवकको बीमा गरेका छौं । यसबाट हाम्रो बीमा शुल्क र बीमा कोषमा उल्लेख्य वृद्धि भएको छ ।

लामो समय देखि राष्ट्रिय बीमा संस्थानले वित्तीय विवरण पारित गर्न सकेको छैन । जसका कारण तपाईहरुको बीमितहरु भ्रममा परेका छन् । बोनस कसरी निर्धारण गर्नुहुन्छ त ?

हामीले सबै बीमा योजनाका लागि एउटै दर ६५ रुपैयाँ प्रतिहजारको दरमा बोनस दिँदै आएका छौँ । सबै ग्राहकलाई पुरानो अवधिको लागि त्यही दरमा नै बोनस दिइन्छ । अबका दिनहरुमा प्रोडक्ट र टर्मअनुसार छुट्टाछुट्टै बोनस दर निर्धारण गर्नेगरी जाने सोच बनाएका छौँ ।

बीमा समितिको स्वीकृत पाएको भनेको ६६ प्रतिशत हो । बीचको अवस्थामा एक्चुरी भ्यालुएसनको कारणले गर्दा वित्तिय विवरण हामीले पािरत गर्न सकेका छैन । बीमांकी मूल्य निधारण भएपश्चात् केही सुधार हुने हामीले देखेका छौ ।

सफ्टवेयर  का कुरा कुन चरणमा पुगेको छ ?

यो प्रकृया निकै लामो समय देखि चलिरहेको थियो । भेन्डरले समय थप गर्न माग गर्ने तर काम नगर्ने हुँदै आएको थियो  । अहिले हामीले केही समय दिएर काम सम्पन्न गर्ने प्रयास गरिरहेका छौ । कामको अवस्था मुल्यांकन गरी प्रतिवेदन पेश गर्न संचालक समितिले विज्ञ समेत रहेको एउटा उपसमिति गठन गरेको छ । त्यसको प्रतिवेदनको आधारमा निर्णय गरेर अगाडी बढ्ने छौ ।

यसले ठूलो अप्ठ्यारो अवस्था सिर्जना गरेको छ । सफ्टवेयर नभएकै कारणले विभिन्न शाखामार्फत दिनुपर्ने सेवाहरु पूर्ण रुपले दिन सकिरहेको अवस्था छैन ।

सफ्टवेयर भएको भए हाम्रा ग्राहकले देशभरीका जुनसुकै शाखाबाट पनि सेवा पाउने व्यवस्था रहेका हुन्थ्यो ।

प्रिमियम क्याल्कुलेसनको लागि हामीले अहिले किताबको पाना पल्टाउनुपर्छ । हामी नयाँ सफ्टवेयर मार्फत आफ्नो व्यवसाय गर्न तयारीमा रहेका छौ । हामीले नागरिक लगानी कोषबाट आएको राष्ट्रसेवकहरुको बीमाको लागि चाहिँ नयाँ सफ्वेयर नै प्रयोग गरिरहेका छौं । यसमा साथै अन्य ग्राहकहरुका लागि पनि चाडै नै सफट्वयर ल्याउने तयारीमा रहेका छौ ।

नयाँ कम्पनी थपिए पछि नेपाली बजारमा प्रतिस्पर्धा बढेको देखिन्छ नि ? यसलाई कसरी लिनु भएको छ ।

बजार प्रश्स्त मात्रामा खाली नै रहेको छ । नयाँ कम्पनीहरु आक्रमक शैलीमा बजारमा आईरहेको छ । नयाँ कम्पनी आएसँगै बजारमा प्रतीप्रधाको भावना पनि बढ्दै गईरहेको छ । नयाँ कम्पनीहरुको उपस्थिति भएसँगै यसको पहुँँचमा समेत वृद्धि आएको छ । यसले बीमा बजारमा सकारात्मक नै लिएको छु । बीमा बजारमा सबैभन्दा बढी चेतनाको अभाव रहेको छ । जसको कारणले गर्दा यसको पहुँचमा केही कमी भएको हो ।

हिजोको दिनमा पूराना बीमा कम्पनीहरु परम्परगत शैलीमा अघि बढीरहेको थियो । नयाँ कम्पनीहरुको उपस्थितिले पूराना कम्पनीहरुलाई पनि घच्घचाएको छ । पूरानो मात्र नभई नयाँ कम्पनीसँग नयाँ शैलीका साथ अघि बढ्न पनि मद्दत गरेको छ ।

नयाँ बीमा विद्येयकमा गरिएको अभिकर्ताको व्यवस्थाका कारण अभिकर्ताहरु रुष्ट छन् । समितिले बैंकास्योरेन्स छुट दिएर अभिकर्तालाई बाईकट गर्न खोजेको देखिन्छ । नेपालको सन्दर्भमा अभिकर्तालाई बाईकट गर्न कत्तिको सान्दभिर्क छ त ?

अभिकर्ताहरुबाट र बैंकबाट बिक्रि हुने पोलिसीहरु छुटै हुनु पर्दछ । तत्काललाई यो लागु नगरे पनि भावी दिनमा यस्तो निर्देशीका जारी गर्यो भने यसमा समस्या नआउला भन्न सकिन्छ ।

यस्तो अवस्थामा अभिकर्ता र बैंक दुबैलाई नै राम्रो हुने देखिन्छ । भावी दिनमा समितिले नै दुबैले बेच्ने पोलिसीको छुटा छुटै निर्देशीका जारी गरेको खण्डमा यसले अभिकर्ता र बैंक दुबैलाई सहज हुने र रुष्ट हुने वातावरण पनि सिर्जना नहुने देखिएको छ ।

अभिकर्ता नै बीमा कम्पनीको मेरुदण्ड हो । अभिकर्ता बिना बीमा कम्पनी सम्भव नै छैन । बीमाको पहुँचमा विस्तार गर्नुमा उनीहरुको पनि हात रहेको छ । तर बैंकास्योरेन्सलाई छुट दिँदा भोलिको दिनमा रोजी रोटि खोसिने पो हो कि भन्ने त्रास अभिकर्ताहरुमा आउनु स्वभाविक हो । यसमा बीमा समितिले पनि ध्यान दिनु जरुरी रहेको छ ।

नेपालको पछिल्लो बीमा व्यवसायलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

स्वस्थ प्रतिपर्धा गरेर अघि बढ्न सकेमा बजारले राम्रौ प्रतिफल दिन्छ । बीमाको बजार अघि बढ्ने प्रकृयमा मै रहेको छ । बजार पुरै नै खालि रहेको छ । बीमा बजारमा सम्भावना प्रश्स्त रहेका छन् । हाल कम्पनी बढेसँगै प्रतिस्पधा पनि बढ्दै गऐका छ । सम्रग रुपमा हेर्दा बीमाको बजार राम्रो नै छ भन्नुपर्छ ।

बीमा व्यवसाय विस्तारका लागि सरकारले के गरिदिनु पर्छ जस्तो लाग्छ ?

चेतनाको काममा सरकारले पनि केही कदम अघि बढाएमा यसको पहुँचमा समेत केही विस्तार हुने स्थित देखिन्छ । बीमा व्यवसाय बिस्तार गर्नको लागि सरकारले बिद्यालय स्तरबाट नै पाठ्यक्रममा राख्दा अझ स्तरीकृत हुने देखिन्छ । बीमा समितिले त आफनो ठाँउबाट बीमा चेतनाको काम अघि बढाईरहेको नै रहेको छ । कम्पनीले पनि आफनो तर्फबाट बीमा चेतनाको लागि काम गर्नुपर्ने जरुरी देखिन्छ । सरकारको तर्फबाट बजेट आउदा बजेटको सिलिङ चाँहि बढाईदिए हुन्थ्यो भन्ने लागेको छ । करमा समेत केही छुट हुनुुपर्छ । केही आकर्षण पाटो देखाएर बीमामा ल्याउन सकियो भने यसको पहुँचमा समेत विस्तार हुन सहयोग पुग्दछ ।

बीमा सचेतना अभिबृद्धिको लागि तपाईको कम्पनीले के गर्दैछ ?

हाम्रो कम्पनीले हालसम्म त्यसको लागि खासै केही गर्न सकेका छैनौ । तर आगामी दिनमा बीमा सचेतना अभिवृद्धिको लागि पनि कार्यक्रम अघि बढाउने हाम्रो योजना रहेको छ । बीमा सचेतनाको लागि हामीले सामुदायिक र प्राईभेट बिद्यालयहरुमा पनि गएर बीमा सम्बन्धि सचेतना कार्यक्रम दिने हाम्रो योजना रहेको छ ।

कम्पनीका आगामी रणनितिहरु के–के छन् ?

जीवन बीमाको क्षेत्रमा अभिकर्ता नै कम्पनीको मेरुदण्ड हुन् । त्यसैले नयाँ अभिकर्ताको संख्या वृद्धि गर्ने र पुरानालाई रिफ्रेसमेन्ट ट्रेनिङ दिने सोच बनाएका छौं । यस आर्थिक वर्ष नयाँ अभिकर्तालाई तालीम दिने लक्ष्य भएकोमा केही अकिर्ताहरुलाई तालिम दिइसकेका छौ भने अन्य तालीमको कार्यतालिका बनाउँदै गईरहेका छौ । कर्मचारी र सफ्वेयरको योजना पूरा भइसकेपछि अर्को वर्षदेखि कम्पनीको व्यपारलाई तिर लाग्छौ । जसको लागि अहिले रहेका ८ ओटा शाखाको संख्या बढाउने क्रममा छौ । बाहिर मार्केटिङ्ग जाने, विज्ञापन गर्ने काम भईरहेको छ । यसलाई पनि अघि बढाउने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS