IME Life

बीमा शुल्क आर्जनमा पुराना बीमा कम्पनीलाई टक्कर दिंदै युनियन लाईफ, ९ महिनामा बीमा शुल्क आर्जन दुई अर्ब नजिक

SPIL
NIC ASIA

युनियन  लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । नयाँ जीवन बीमा कम्पनी मध्य आक्रामक रुपमा युनियन लाईफ इन्स्योरेन्स अघि बढेको छ।  छोटो समयमै जीवन बीमा कोषको आकारलाई १ अर्ब माथि पुर्याउन कम्पनीको ठुलो सफलता रहेको छ।

Prabhu
Crest

कम्पनीको हाल पुँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीको  जगेडा कोषमा १६ करोड ८९  लाख रुपैया संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा १०४  प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ५८०  प्रतिशतले वृद्धि हुँदै १ अर्ब २७ करोड पुगेको छ ।

कम्पनीले तेश्रो त्रैमास सम्म १ अर्ब ७१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ६२  करोड खुद बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन रकम ६३८  प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ३१७ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको बीमा लेख संख्यामा १४९ प्रतिशतको वृद्धि देखिएको छ।  कम्पनीले तेश्रो त्रैमास सम्म १०  करोड ६० लाख खुद नाफा गरेको छ ।  प्रति शेयर आम्दानी ९  रुपैया ३९  पैसा छ । (वार्षिकरण)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS