Prabhu Life Ad Final

प्रगति गर्दै सानिमा जनरल इन्स्योरेन्स, तेश्रो त्रैमास सम्म ९ करोड ३९ लाख कुल बीमा शुल्क आर्जन

IME PAY

केही समय अघि मात्र संचालनमा आएको सानिमा जनरल इन्स्योरेन्सले आफ्नो तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९ करोड ३९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने २ करोड ७६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीमा हाल ७ हजार ९ सय ८९ बीमा लेख संख्या कायम छन्।  कम्पनीले तेश्रो त्रैमास सम्म २ करोड ३ लाख खुद नाफा गरेको छ।

कम्पनीको हाल पुँजी ७० करोड रुपैयाँ छ।  निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनु पर्नेमा कम्पनीले बाँकी रकम आईपीओमा निस्काशन गर्ने देखिन्छ। कम्पनीको जगेडा कोषमा १ करोड ७५ लाख संचित छ भने बीमा कोषमा २ करोड १७ लाख रुपैया संचित छ।
तेश्रो त्रैमास सम्म कम्पनीले २१ लाख ४० हजार कुल दावी भुक्तानी गरेको छ भने १० लाख २४ हजार खुद दावी भुक्तानी गरेको छ।
१ करोड १२ लाख रुपैया भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ । कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैया ८८ पैसा आउछ भने १०५ रुपैया ६१ पैसा किताबी मूल्य छ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x