ग्रामीण विकास लघुवित्तको हकप्रद भोलि देखि बजारमा

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर (भोलि) शुक्रबारदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक शेयर बराबर शून्य दशमलव पाँच शेयर (१ः०.५) को अनुपातमा हकप्र शेयर जारी गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयर बिक्री वैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म बिक्रीमा रहनेछ । हालसम्म ६५ करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीमा हकप्रद पश्चात चुक्ता पुँजी ९८ करोड २५ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार