प्रभु लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको हाल पुँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ३६ लाख रुपैया संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा ५० प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
कम्पनीको जीवन बीमा कोष १०१६ प्रतिशतले वृद्धि हुँदै २२ करोड ७१ लाख पुगेको छ ।
कम्पनीले तेश्रो त्रैमास सम्म २५ करोड ३५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने २४ करोड ८४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन रकम ७०७ प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ६९१ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको बीमा लेख संख्यामा ३२३५ प्रतिशतको वृद्धि देखिएको छ। कम्पनीमा तेश्रो त्रैमास सम्म २० हजार ५ सय ११ बीमा लेख संख्या कायम छन् ।
कम्पनीले तेश्रो त्रैमास सम्म ३ करोड ८० लाख खुद नाफा गरेको छ । प्रति शेयर आम्दानी ३ रुपैया ६३ पैसा छ । (वार्षिकरण)