तेश्रो त्रैमासको आधारमा नबिल बैंकको लाभांस दिन सक्ने क्षमता कति ??

नबिल बैंकको तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा २ अर्ब ३२  करोड  रुपैयाँ  छ। कम्पनीले यही प्रगति अन्तिम त्रैमास सम्म गरेमा कम्पनीको वार्षिक वितरणयोग्य मुनाफा ३ अर्ब ९ करोड रुपैयाँ आऊँछ।

कम्पनीको चुक्ता पुँजी ९ अर्ब १  करोडको आधारमा कम्पनीले ३४  दशमलव ३९  प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ ।

कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्तिम त्रैमास सम्म कुनै अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा र चौथो त्रैमास सम्म अहिलेकै प्रगतिलाई कायम राखेमा कम्पनीले ३४ प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । तेश्रो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा ७४ हजार रुपैयाँ रकम छ ।

नोट : कम्पनीले प्रदान गर्न सक्ने लाभांस उपलब्ध तथ्यांकको आधारमा अनुमान गरिएको हो ।  निर्णय लग्नु अघि थप अनुसन्धान गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार