कामना सेवा बैंक बन्यो महालक्ष्मी लाईफको संस्थागत अभिकर्ता

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतापत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरेका छन् ।

संस्थागत अभिकर्ता बने सँगै कामना सेवा विकास बैंकबाटै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सकिने भएको छ ।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार