नेप्सेमा दोहोरो अङ्कको गिरावट , कारोबार ६५ करोड माथि

साताको पहिलाे दिन नेप्से १६ दशमलव ७१ अङ्कले घटेर १२७७ दशमलव ६८ अङ्कमा मा बन्द भएको छ । ६५ करोड ३ लाख बराबरको कारोबार भएको छ । उत्पादनमूलक क्षेत्र, अन्य क्षेत्र बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको ६ करोड २८ लाख बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै मल्टि प्रपाेज फाइनान्स कम्पनीको शेयरमा १० प्रतिशतले बढेको छ भने चिलिमे हाईड्रोपावरको शेयर ७ दशमलव ६२ प्रतिशतले घटेको छ । जीवन र निर्जिवन बीमाको परिसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार