एनएलजी इन्योरेन्स कम्पनी लिमिटेडले बैशाख २० गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर जारी गर्न जेठ १४ गते बिशेष साधारण सभा गर्ने भएको छ ।
कम्पनीको बिशेष साधारण सभाका लागि बुक क्लोज जेठ ६ गते १ दिनलाई बन्द गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।
एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्ने, बिशेष साधारणसभा जेठ १४ गते बोलायो

