IME Life

जेष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य बीमा

SPIL
NIC ASIA


सरकारले जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । नेपालमा एकिकृत सामाजिक सुरक्षा लागु गरिएको उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई मुलुकभर पुर्याउने छ । जेष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमा गराइनेछ ।

स्वास्थ्य बीमाले समेट्ने आधारभुत उपचार स्थानिय निकायबाटै उपलव्ध गराउने नीति सरकारले लिएको छ । हरेक स्थानीय निकायमा चिकित्सक सेवा पुर्याउने र हरेक वडामा प्राथामिक सेवा पुर्याउने राष्ट्रपति भण्डारीले जानकारी गराइन ।

Prabhu
Crest

हालसम्म स्वास्थ्य बीमा कार्याक्रममा ४२ जिल्लाका १६ लाख जनता लाभान्वित भएका छन् ।

यस्तै सरकारले सबै उमेरका नागरिकहहरूलाई सामाजिक संरक्षण प्रदान गर्ने जनाएको छ । बाल्यकालमा शिक्षा, स्वास्थ्य, पोषण, र युवाअवस्थामा सिप, रोजगार, उद्यमशिलता तथा जेष्ठ नागरिकहरुको लागि सामाजिक संरक्षण र सुरक्षा प्रदान गर्नेपनि नीति तथा कार्याक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम कार्यान्वयनमा ल्याउने र योगदानको आधारमा परिचयपत्र वितरण गर्ने विगाय नीति तथा कार्यक्रममा समेटिएको छ ।

श्रमिक तथा कर्मचारीहरूलाई औषधिउपचार, मातृस्वास्थ्य सुरक्षा तथा दुर्घटना, अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, जेष्ठ नागरिक सुरक्षा सम्बन्धी सेवाबाट लाभान्भित हुने बताइएको छ ।

यसैगरी विभिन्न निकायबाट प्रदान हुने सामाजिक सुरक्षाको कार्यक्रममा सरकारले समन्वयकारी भुमिका खेल्ने पनि राष्ट्रपति भण्डारीले जानकारी गराईन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS