IME Life

बैंक मार्फत जारी भएका बीमा नविकरण नै हुदैनन्

SPIL
NIC ASIA

बैंक मार्फत जारी भएका बीमा योजना नविकरण नहुने समस्या बढेको छ । बैंक र बीमा कम्पनीबीच भएको सम्झौता अनुसार बैंकले जारी गरेका बीमा योजना नविकरण नहुने भएको हो ।

“अभिकर्ताले पो बीमितको घरमा नै पुगेर सम्झाएर बुझाएर बीमा गराउँछन् तर, बैंकले त त्यस्तो गर्न सक्दैन,”

Prabhu
Crest

 

 

 

जीवन बीमा व्यवसाय भनेको अभिकर्तामा आधारित व्यवसाय हो । अभिकर्ताले बीमितको घर घरमा पुगेर बीमा योजनाको बारेमा जानकारी दिएर बीमा गराउँछन् । तर, संस्थागत अभिकर्ता सम्झौता मार्फत आजकल बैंकहरुले पनि बीमा योजना विक्री गर्न थालेका छन् । यस्ता बैंकहरुले भने बीमितलाई निरन्तर रुपमा फलोअप नगर्ने र बीमा योजनाको बारेमा राम्रोसँग जानकारी नदिने भएको हुँदा बीमा नविकरण हुन नसकेको एक कम्पनीका कर्मचारीले बताए । “अभिकर्ताले पो बीमितको घरमा नै पुगेर सम्झाएर बुझाएर बीमा गराउँछन् तर, बैंकले त त्यस्तो गर्न सक्दैन,” उनले भने ।

बैंकले बीमा व्यवसाय सुरु गरे पनि बीमा सम्बन्धी जानकारी कर्मचारीमा हुदैन । उनीहरुले बैंकको लक्ष्य अनुसार निक्षेपकर्ता वा ऋणीलाई अनिवार्य बीमा गर्न लगाउँछन् । फलस्वरुप बीमितले करकापले मात्रै बीमा गर्न पुग्छन् । बीमाको बारेमा नबुझीकन करकापमा बीमा गरेकै कारण उनीहरुले नविरकण गराउँन नचाहेको उनले बताए ।

त्यस्तै, बैंकबाट बीमा गर्दा कतिपय बीमितको हातमा बीमा योजना नै नपुग्ने समस्या रहेको ती कर्मचारीले बताए । करकापले र औपचारिकताका लागि बीमा गर्ने भएकाले कतिपय बैंकका सेवाग्राहीले बीमा योजनामा चासो नै राख्दैनन् । बैंकका कर्मचारीले अभिकर्ताले जस्तै चासो राखेर बीमितलाई खोजी खोजी बीमा योजना दिदैनन् । त्यसैले कतिपय बीमितले बीमा योजना नै हातमा पाउँदैनन् । जसका कारण भोलि दिनमा दाबी परयो भने पनि भुक्तानी पाउँन समस्या छ ।

बीमा समितिले संस्थागत र व्यक्तिगत गरी दुई खालका अभिकर्ताले काम गर्न पाउँने व्यवस्था गरेको छ । व्यक्तिगत भनेको कुनै पनि व्यक्तिले अभिकर्ताको तालिम लिएर काम गर्न पाउँने व्यवस्था हो भने संस्थागत अभिकर्ता भनेको कम्पनीको रुपमा दर्ता भएर काम गर्न पाउँने व्यवस्था हो । यि दुवै अभिकर्ताले कम्पनीको बीमा योजना विक्री मात्रै गर्छन् । अर्थात बीमितलाई कम्पनी मार्फत बीमा योजना गराउँछन् ।

यसका साथै बीमा समितिले बैंकास्योरेन्सको अवधारणा पनि ल्याएको छ । बैंकास्योरेन्स भनेको बैंक र बीमा कम्पनी बीच बीमा व्यवसायको लागि गरिने सम्झौता हो । यसका बैंकले निश्चित अवधिसम्मको बीमा योजना र दाबी भुक्तानी आफैले गर्न सक्ने व्यवस्था छ । तर, बैंकास्योरेन्स सम्बन्धी समितिले कुनै पनि नीतिगत व्यवस्था भने गरेको छैन । यद्यपी बैंक र बीमा कम्पनीले बैंकास्योरेन्स भनी भ्रामक सुचना फैलाई रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS