नेप्से ४ दशमलव २१ अङ्कले घट्दा, कारोबार ५८ करोड माथि


साताको पाचौ दिन नेप्से ४ दशमलव २१अङ्कले घटेर १२९४ दशमलव ३९ अङ्कमा मा बन्द भएको छ । ५८ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

होटल, निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ३५ लाख बराबरको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयरमा ५ दशमलव २७ प्रतिशतले बढेको छ भने युनाईटेड मोडि हाईड्रोपावरको शेयर ५ प्रतिशतले घटेको छ ।

निर्जिवन बीमामा हरीयाली आएको छ भने जीवन बीमाको बजार ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार