ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा नन्द किशोर शर्मा चयन भएका छन् । बैशाख १२ गते बसेको संचालक समितिको बैठकबाट कम्पनीले संचालकमा नन्दकिशोर शर्मालाई अध्यक्षको रुपमा चयन गरेको हो ।

कम्पनीले पशुपति मुरारकाको राजिनामा २०७५ चैत्र १ मा बसेको बैठकले स्वीकृत गरेको थियो । नवनियुक्त अध्यक्षले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्नेछन् । नन्द किशोर शर्माले आई सि एफ सि फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तिय संस्थाहरुमा संचालक तथा प्रबन्ध निर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार