IME Life

अजोड इन्स्योरेन्सको क्षेत्रीय कार्यालय सुर्खेतमा

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स कम्पनीले सुर्खेतमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यक्रमका प्रमुख अथिति कर्णाली प्रदेशका उधोग पर्यटन बन तथा वातावरण मन्त्री माननिय नन्द सिंह बुढा र कम्पनीका संचालक आजाद श्रेष्ठले संयुक्त रुपमा क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले अजोड इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशमा रहेका विभिन्न सेक्टरमा ठुलो योगदान र सहयोग पुर्याउँछ भन्ने आशा लिएको बताए । कम्पनीले र्काक्रमको प्रमुख अथितिको रुपमा निमन्त्रणा गरेकोमा खुसी व्यक्त गरे । कर्णाली प्रदेश सरकारका पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीको विकासमा सबै एक भएर लाग्नुपर्ने बताए । अजोड इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको आर्थिक रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । ‘यहाँको गरीबी, अभाव हटाउन कम्पनीले ठूलो मद्दत गर्ने विश्वास छ,’ उनले भने ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै कम्पनिका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिए । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले कम्पनीको एक अर्ब बराबर शेयर रहेको बताउँदै केही समयपछि ३० प्रतिशत शेयर आम जनताका लागि खुलाउने गरी अघि बढिरहेको बताए ।

बासुदेब शर्मा उधोग बाणिज्य संघका पूर्ब उपाध्यक्षले इन्स्योरेन्समा समस्या रहेको बताए । इन्स्योरेन्स गर्दा सहज रुपमा गरिन्छ तर दाबी भुक्तानी गर्दा कठिनाई भोग्नुपर्ने हुन्छ उनले भने । कर्णालि प्रदेशका आम मानिसहरुमा ज्ञानको अभाव रहेर पनि होला उनीहरुको इन्स्योरेन्स भए पनि दाबीमा समस्या रहेको देखिन्छ । निर्जीवन बीमामा दाबी भुक्तानीको बेला समस्या रहेको उनले दाबी गरे । जब दाबी पर्छ कम्पनीहरुले विभिन्न कागजपत्रहरु खोज्ने गर्छन् । उनले बीमा कम्पनीहरुले बीमा गर्नु पूर्व नै सबै कागजातहरुको बारेमा हेरविचार गरेर बीमा गर्ने सुझाव दिए ।

विरेन्द्रनगर नगरपालिकाका वडा न ६ का अध्यक्ष मोति प्रसाद कडेलले छिटो छरितो सेवा प्रदान गर्नुपर्ने बताए । अजोड इन्स्योरेन्सका संचालक तथा कार्यक्रमका सभापति आजाद श्रेष्ठले अजोड इन्स्योरेन्स कम्पनी छोटो समयमा सातवटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न सफल रहेको बताए । कम्पनीले छिटो, छरितो रुपमा दाबी भुक्तानी गर्ने दाबी गरे ।

कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका क्षेत्रीय कार्यालयका प्रमुख योगेन्द्र बहादुर कार्की र कार्यक्रम संचालन लोकेन्द्र थापाले गरेका थिए ।

अजोड इन्स्योरेन्सको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा कर्णालि क्षेत्रका बैंक तथा बित्तीय संस्थाका प्रतिनिधी यातायात ब्यवसायी ब्यापारी, ग्राहकहरु तथा नगर बासिहरुको उपस्थिति रहेको थियो ।

निर्जीवन बीमा कम्पनी मध्ये अजोड इन्स्योरेन्स कम्पनी नयाँ कम्पनी हो । स्थापनाकालको छोटो समयमा नै कम्पनीले प्रगति हाशिल गर्न सकेको छ । साथै कम्पनीले छिटो, छरितो रुपमा दाबी भुक्तानी गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS