IME Life

बीमा समितिले गर्‍यो निर्देशकमा दुई जनाको बढुवा

SPIL
NIC ASIA

बीमा समितिले फाईल बढुवाको आधारमा दुई जनालाई निर्देशकमा बढुवा गरेको छ । उप निर्देशक सुशिल देव सुवेदी र पुजन ढुगेंललाई फाईल बढुवाको आधारमा निर्देशकमा बढुवा गरिएको हो ।

बीमा समितिले कार्तिक नौ गते सुचना जारी आन्तरिक लिखित परिक्षाका आधारमा एक जना निर्देशक, एक जना उप निर्देशक, सहायक निर्देशक पदका लागि एक जना आवेदन खुलाएको थियो । त्यस्तै, आन्तरिक कार्य सम्पादनका आधारमा दुई जना निर्देशक, एक जना उप निर्देशक पनि आवेदन खुलाएको थियो ।

Prabhu
Crest

निर्देशक पदका लागि समितिका उप निर्देशक दिनेश कुमार लाल, सुशिल देव सुवेदी, पुजन ढुगेंल, कुन्दन सापकोटा र धुव्र तिमिल्सनाले आवेदन दिएका थिए । जसमध्ये लिखित परिक्षाबाट सुशिल देव सुवेदी, पुजन ढुगेंल र दिनेश कुमार लालले नाम निकाल्न सफल भएका थिए । त्यस्तै, समितिले लिखित परिक्षामा उर्तिण पुजन ढुगेंल र सुशिल देव सुवेदीलाई कार्य सम्पादनका आधारमा निर्देशक पदमा बढुवा गरेको छ । आन्तरिक लिखित परिक्षाको अन्र्तवाता भने जेठको १९ गते तोकेको छ । जसको एक्लो दावेदार दिनेश कुमार कर्ण रहेका छन् ।

निर्देशक पदका लागि ५ समितिको उप निर्देशक पदमा पाँच बर्ष काम गरेको हुनुपर्नेछ । र स्नातहकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै उप निर्देशक पदका लागि आन्तरिक लिखित र फाईल बढुवाको आधारमा एक÷एक जनाको आवेदन माग गरिएको थियो । जसमध्ये आन्तरिक लिखित परिक्षामा सहभागि तीन जनामध्ये एक जना पुनम ज्ञवाली उर्तिण भएकी छिन् । अन्र्तवाताका लागि उनी एक्ली दावेदार हुन् । त्यस्तै, फाईल बढुवाका आधारमा छ जना प्रतिस्पर्धाी रहे पनि निशा घिमिरेलाई समितिले उप निर्देशकमा बढुवा गरेको छ । उप निर्देशक पदका लागि पाँच सहायक निर्देशकमा काम गरेको हुनुपर्नेछ भने स्नातहकोत्तर तह उर्तिण गरेको हुनुपर्नेछ ।

त्यस्तै, चाटर्ड एकाउण्टेटमा सन्तोष कार्कीले नाम निकाल्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS