एशियन लाईफ इन्स्योरेन्स र सनराइज बैंक बीच बीमा सेवा सम्झौता

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका सबै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ ।

बैंकको प्रधान कार्यालयमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबीच बीमा सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार