IME Life

सगरमाथा इन्स्योरेन्सको “इन्स्योरेन्स डिजिटल्लि” सेवा शुभारम्भ

SPIL
NIC ASIA

सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रविधिको यूगलाई मध्यनजर गर्दै इन्स्योरेन्स डिजिटल्लि सेवा शुभारम्भ गरेको छ । कुपण्डो स्थित हिमालयन होटलमा आयोजित कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष्य चिरञ्जीवी चापागाई र कम्पनीका अध्यक्ष्य आर.के. मानन्धरले संयुक्त रुपमा इन्स्योरेन्स डिजिटल्लि सेवाको उद्घाटन गरेका छन् ।

प्रविधिलाई आत्मसाथ नगर्दा उत्पन्न हुने जोखिमको सुरक्षणका लागी उपभोक्ताहरुको सुरक्षित हुने कुराहरु लाई मध्यनजर गर्दै यो बीमा सेवा शुभारम्भ गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रविधि सँग जोडिएर बीमा सेवाको पहँुचलाई जन जनमा पुर्याउन आवश्यक ठानी आफ्नै हातमा रहेको मोबाइल बाट बीमालेख खरिदको पहुँचमा पुर्याउने उद्देश्यका साथ इन्स्योरेन्स डिजिटल्लि बीमा सेवा शुभारम्भ गरेको छ ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकि क्षेत्रीले इन्स्योरेन्स डिजिटल्लि सेवाको विशेषता र बीमालेख खरिद प्रकृयाका बारेमा विस्तृत जानकारी दिदैँ यसका चुनौती र समस्याहरुको गहन अध्यन सँगै आफ्ना बीमालेखहरु लाई क्रमश डिजिटलाइज गर्दै लाने जानकारी दिए ।

आफ्नै हातमा रहेको मोबाइल बाट बीमालेख खरिदको पहुँचमा पुर्याउनका लागि आफ्ना प्रोडक्टहरु लाई चरणवद्ध रुपमा इन्स्योरेन्स डिजिटल्लि कार्यक्रम लागु गर्ने कम्पनीले जनाएको छ । कम्पनीले बिक्रि गर्दै आईरहेको बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रोपक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स, मेडिक्लेम बीमालेख लाई अनलाइन पोर्टल मार्फत सेवाग्राहीले सेवा उपभोग गर्न पाउने भएका छन् ।

उक्त बीमा सेवाको विस्तार भए सँगै सबैको हातहातमा बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS