IME Life

ज्योति लाईफद्धारा मृतकको परिवारलाई दाबी बापतको १५ लाख ३७ हजार ५ सय हस्तान्तरण

SPIL
NIC ASIA

ज्योति लाईफ इन्स्योरेन्सले मृत्युुदाबी रकम हस्तान्तरण गरेको छ । पोखरा २२ पुम्दीकी मृतक बीमित सरस्वती ढकाल बरालको परिवार लाई कम्पनीले घरमा पुगेर मृत्युदाबी भुक्तानी गरेको हो ।

कम्पनीका क्षेत्रीय निर्देशक रामजी बराल र वडाध्यक्ष मित्रलाल बरालले संयुक्त रुपमा १५ लाख ३७ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

कम्पनीका अनुसार मृतक बीमित सरस्वतीले २०७५ वैशाखमा १५ लाख बराबरको ज्योति अग्रिम भुक्तानी जीवन बीमा गरेकी थिइन् । उनको सामान्य अवस्थामा मृत्यु भएकोले बीमांक बराबरको रकम प्रदान गरिएको हो ।

उनले छोरीको नाममा समेत १२ लाख ५० हजारको ज्योति सुनौलो बाल भबिस्य जीवन बीमा आफू प्रस्तावक बनेर गरेकाले उनको मृत्यु भएकाले २० वर्षसम्म बीमांक रकमको बराबरको रकम १२ हजार ५ सय प्रत्येक महिना प्रदान गरिने कम्पनी का क्षेत्रीय निर्देशक बरालले बताए ।

बीमक सरस्वतीले बीमा शुल्क बापत १ लाख ९२ हजार ८ सय ३५ मात्र बुझाएकी थिइन् । अब बीमा शुल्कसमेत मिनाहा भएको छ । सरस्वतीको अभिकर्ता अर्जुन बरालले बीमा गराएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष बरालले जीवन बीमा अपरिहार्य भएको भन्दै जीवन बीमा सामाजिक सुरक्षाको अभिन्न पाटो समेत रहेको बताए । अभिकर्ता अर्जुन बरालले आफू यस् कार्यबाट संतुष्ट रहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS