राष्ट्रिय बीमा संस्थानद्धारा जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न

राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभुत  तालिम सम्पन्न गरेको  छ । जीवन बीमा अभिकर्ताको व्यवसाय बृद्धि तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय बीमा संस्थानले इटहरीमा जीवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गरेको हो ।

आइतबारदेखि सुरु भएको आधारभूत तालिम मंगलबार सम्म हुनेछ । उक्त तालिममा ५० जना बीमा अभिकर्ताको सहभागि भएको बीमा संस्थानले जनाएको छ ।

तालिममा जीवन बीमाको महत्व, प्रकार सिद्धान्त र बीमाको इतिहास, राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुको बाारेमा जानकारी दिइनेछ ।

त्यसैगरी बीमा अभिकर्ताको आचारसंहिता फाईदा सेवा सुविधाको बारेमा प्रशिक्षण र बीमा ऐन २०४९ र राष्ट्रिय बीमा संस्थान ऐनको बारेमा अभिकर्तालाई जानकारी गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार