IME Life

नयाँ सालको अवसर पारेर बीमा गरेका उमा, गजेन्द्र काका र विर्खे दाईको “बीमा कथा”

SPIL
NIC ASIA

बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित र बीमक बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ ।

जीवनमा आई पर्ने सम्भावित जोखिमहरुका कारण आर्थिक क्षति भएमा त्यस्तो क्षति बीमा कम्पनिले वहन गर्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा गरिन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो ।

Prabhu
Crest

केही व्यक्तिमा बीमा गर्ने ईच्छा शक्ति हुन्छ त्यहि ईच्छा शक्तिले गर्दा नै बीमा गर्दछन् । दैनिकिको सानो रकम छुट्याएर बीमा गर्छन् । त्यस्ता पात्रहरु मध्येका यी हुन् ३ पात्र, जसले आफ्नो दैनिकको सानो रकम छुट्याएर नयाँ वर्षमा बीमा पोलिसि खरिद गरे ।

बद्लिदो समयसँगै बढेका विभिन्न जोखिमहरुलाई मध्यनजर गर्दै उमाले यस पालिको नयाँ वर्षमा बीमा पोलिसि खरिद गरेकी छिन् । भविष्यमा पर्न सक्ने जोखिमलाई सामना गर्न मद्धत पुग्ने सोचका साथमा यो नयाँ वर्षमा नयाँ कामको थालनी गर्न लागेको उमा बताउँछिन् ।

वर्ष भरि आफ्नो आम्दानीको केही अंश जम्मा गरेर बीमा पोलिसि खरिद गरेकी उमा भन्छिन्, जीवनमा कत्ति बेला, कुन परिस्थिमा के के जोखिमहरु आई पर्ने हुन् कसैलाई पनि जानकारी हुँदैन । जसले गर्दा सामान्य जीवन गुजारा गरिरहेकाहरुको जीवनमा आर्थिक जोखिम उत्पन्न हुन्छ, त्यो परिस्थितिलाई केही हदसम्म बीमाको माध्यमले सहयोग गर्छ नि । त्यसैले यो नयाँ वर्षमा बीमा पोलिसि खरिद गरेकि छु ।

यस्तै गजेन्द्र काकाले पनि यो नयाँ वर्ष लाई लक्षित गर्दै आफ्नी २ वर्षिय छोरी निशाको लागि बीमा पोलिसि खरिद गरिदिएका छन् । नयाँ वर्षको नाममा रमाईलो गर्ने, अनावश्यक रुपमा खर्च गर्ने प्रवृतिलाई कम गर्दै मैले यसपालिको नयाँ वर्षको अवसर पोरेर मेरी छोरीको बीमा गरेको हुँ गजेन्द्रले भने । गजेन्द्र भन्छन्, आज मैले मेरी छोरीको नाममा बीमा पोलिसि खरिद गरिदिए भने उसको शिक्षाको लागि, पालन पोषणको लागि सहयोग पुर्याउने छ भन्ने उद्देश्यका साथ बीमा गरिेदिएको छु । पछि छोरीको विबाहको लागि पनि त मलाई यसले सहयोग पुर्याउछ नि उनले हाँस्दै भने ।

त्यस्तै अर्का व्यक्ति जो आफ्नो भविष्यमा पर्न सक्ने जोखिमलाई कम गर्न सजिलो होस् भनेर बीमा पोलिसी खरिद गरेका विर्खे दाई । उनले पनि उमा र गजेन्द्र काकाको जस्तै यो नयाँ वर्षलाई मध्यनजर गर्दै आफ्नी जीवन संगिनीलाई उपहार स्वरुप बीमा पोलिसि खरिद गरिदिएका छन् । सामान्य खेती किसान गरेर दैनिकी चलाउदैँ आएका दाईले बीमा जरुरी छ भन्ने आवश्यकता ठानेर आफ्नी श्रीमतीको बीमा गराएको बताउँछन् ।

भोलि कसले देखेको हुन्छ र ? आपत विपत त जति खेर पनि त पर्न सक्छ जसले, हामी जस्ता सानो तिनो काम गरेरर जीविकोपार्जन गरि रहेकाहरुलाई यसले ठुलो क्षती पुर्याउँछ । आज नै भोलि हुने जोखिमको क्षतिलाई कम गर्नका लागि मैले मेरी श्रीमतीको लागि बीमा पोलिसि खरिद गरिदिएको हुँ ।

दाईलाई आफ्नो खेती किसानलाई आधुनिकिकरण गर्न केही पैशाको खाँचो छ । बीमा कम्पनीले बीमितहरुलाई निश्चित प्रावधान पुर्याए पछि ऋण प्रवाह गर्छ रे, भविष्यमा परेको जोखिमका साथै आफुलाई आवश्यकता परेको खण्डमा ऋण पाउने सुविधाले मलाई बीमा गर्न मन लाग्यो, उनले भने ।

उमा, गजेन्द्र काका र विर्खे दाईले जस्तै आफ्नो आम्दानीको सानो रकम बचाएर भविष्यमा पर्न सक्ने जोखिम सँग सामना गर्नका लागि बीमा गर्नुहोस् । यी ३ पात्र जस्तै भोलिको जोखिमको बारेमा विचार गरि बीमा गर्नुहोस् ।

बीमा बजारमा रहेका जीवन बीमा कम्पनीहरु मार्फत तपाईलाई सुहाँउदो एक बीमा पोलिसि रोज्न सक्नु हुन्छ । आफु लाई सुहाउँदो खालको बीमा योजना खरिद गरि आफ्नो भविष्यमा पर्न सक्ने जोखिमलाई कम गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS