IME Life

भटाभट फैसला गर्दै बीमा समिति

SPIL
NIC ASIA

पछिल्लो समय बीमा समितिले भटाभटा उजुरीको फैसला गर्न थालेको छ । लामो समय देखि बीमा समिति थन्किएका उजुरीहरुको सुनुवाई गर्दै समितिले फैसला गर्न थालेको हो ।

समितिको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७५/७६ मा समितिले ६८ वटा विभिन्न खालका उजुरीको फैसला गरी सकेको छ । समितिले अघिल्लो बर्षसम्म समितिमा परेको उजुरीहरुको फैसला भै सकेको बताएको छ । चालु आवमा समितिमा ७० वटा उजुरी परेका थिए । त्यस्तै अघिल्लो बर्ष समितिमा परेको ८३ वटा उजुरी सहित समितिमा १५३ वटा उजुरीको चाङ थुप्रिएको थियो ।

Prabhu
Crest

समितिमा परेको उजुरीलाई जतिसक्दो चाडो फैसाल गरेर पिडितहरुलाई राहत दिने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ‘हामीले अघिल्लो बर्षसम्मका सबै उजुरीको फैसाल गरिसकेका छौ । चालु आवको उजुरी तर्फ लाग्छौ । जतिसक्दो छिटो उजुरीको फैसला हुनेछ,’ उनले भने ।

बीमा क्षेत्रको नियामक निकायका रुपमा रहेको समितिलाई अर्धन्यायिक निकायको अधिकार पनि प्रदान गरिएको छ । त्यसैले बीमा सम्बन्धी कुनै पनि समस्या परेमा विमित वा विमकले बीमा समितिमा उजुरी गर्न सक्दछन् । समितिले गरेको फैसला चित्त नबुझेमा पुनरावेदन गर्न पाउने व्यवस्था समेत रहेको छ । त्यस्तै, पिडित पक्षलाई सहज सेवा दिन समितिले उजुरी दर्ता गर्ने प्रक्रियालाई सहज बनाएको छ । कुनै पनि माध्यमबाट समितिमा उजुरी दिन सकिन्छ । यद्यपी धेरै कम व्यक्तिले मात्रै समितिमा उजुरी गरेको पाईन्छ । अधिकांश बीमितलाई समितिले उजुरी दर्ता गर्छ भन्ने समेत थाहा नहुँदा सेवा लिनेको संख्या न्यून भएको समितिले बताएको छ ।

समितिमा परेको मुद्धालाई सबैभन्दा पहिला सहमतिको आधारमा नै टुङगाउने कोशिश गरिन्छ । बीमितले समितिमा उजुरी दिएपछि कम्पनीलाई छलफलमा आउन पहिलो पटक १५ दिने म्याद दिइने समितिले बताएको छ । त्यस्तै, उक्त अवधिमा पनि कम्पनी छलफलमा उपस्थित नभएमा थप ९ दिनको समय दिईन्छ भने तेस्रो पटक ३ दिनको समय दिइन्छ । उक्त अवधिमा पनि कम्पनी छलफलमा उपस्थित नभएमा समिति आफैले थप प्रक्रिया अगाडी बढाउँछ । समितिको मध्यस्थतामा गरिएको छलफलबाट मुद्धाको किनारा नलागेमा समितिको माथिल्लो तहबाट मुद्धाको सुनुवाई हुन्छ । यदि समितिले गरेको निर्णयमा चित्त नबुझेमा पिडित पक्ष सिधै पुनरावेदन जान सक्ने प्रावधान रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS