IME Life

तेश्रो त्रैमासमा लक्ष्मी लघुवित्तको वित्तीय अवस्था कस्तो देखियो ?

SPIL
NIC ASIA

लक्ष्मी लघुवित्तले आफ्नो तेश्रो त्रैमास विवरण सार्वजनिक गरेको छ। कम्पनीले तेश्रो त्रैमास सम्म ७ करोड ९१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ कमाएको थियो । चुक्ता पुँजी वृद्धि नभएको र खुद नाफामा आएको १९ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीपनि १९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी ४३ रुपैयाँ रहेको छ, गत वर्ष तेश्रो त्रैमास सम्म आउँदा कम्पनीको प्रति शेयर आम्दानी ३६ रुपैयाँ थियो ।

प्रमुख आम्दानी को श्रोत खुद व्याज आम्दानीमा देखिएको २२ प्रतिशतको वृद्धिले गर्दा कम्पनीको खुद नाफामा वृद्धि देखिएको हो।

Prabhu
Crest

कम्पनीले निक्षेप, कर्जा र सापटी रकमको आकारलाई वृद्धि गर्न सफल भएको छ। निक्षेप ३६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १८ करोड पुगेको छ , सापटी रकम १९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८६ करोड पुगेको छ भने कर्जा ३० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३७ करोड पुगेको छ। खराब कर्जा सामान्य वृद्धि हुँदै १ दशमलव ३७ प्रतिशत पुगेको छ।

कम्पनीको वर्तमान बजार मूल्य ८२९ रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात १९ गुणा छ। कम्पनीको किताबी मूल्य ८ प्रतिशतले वृद्धि हुँदै १८८ रुपैयाँ ३१ पैसा पुगेको छ भने मूल्य र किताबी मूल्यको अनुपात ४ दशमलव ४० गुणा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS